लागूऔषधसहित १ जना पक्राउ

धनगढी । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेल नजिकबाट लागूऔषधसहित १ जना पक्राउ परेका छन् ।

प्रहरीले ५ ग्राम लागूऔषध खैरो हेरोइन धुलो पदार्थसहित धनगढी–१३ बस्ने १८ वर्षीय किशोरलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको सयुक्त प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा उनको साथबाट लागूपदार्थ फेला पारेपछि पक्राउ गरेको छ ।

लागूऔषध सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...