गोल्ड मेडलमा फराकिलो कब्जा जमाउँदै शुक्लाफाँटाको सूर्याेदय स्कूल च्याम्पियन

महेन्द्रनगर । १२औं प्याब्सन महोत्सवअन्तर्गत भएका खेलका गोल्ड मेडलमा फराकिलो कब्जा जमाउँदै शुक्लाफाँटा नगरपालिकाको सूर्याेदय पब्लिक स्कूल च्याम्पियन बनेको छ ।

महेन्द्रनगरको कबर्ड हलमा आइतबारदेखि ५ दिनसम्म चलेको प्याब्सन महोत्सवमा सूर्योदय पब्लिक स्कूलले सबैभन्दा बढी पदक जितेको छ । प्रथम भएको सूर्याेदयले १८ गोल्ड जित्दा दोस्रो भएको इन्टरनेसनलले ८ गोल्डमै चित्त बुझाएको छ ।

सूर्योदय १८ स्वर्ण, ८ रजत र र ६ कास्यसहित ३२ पदक जितेर प्रथम भएको छ । महोत्सवमा ८ स्वर्ण, ८ रजत र ६ कास्यसहित २२ पदक जितेर इन्टरनेसनल पब्लिक स्कूल दोस्रो र ७ स्वर्ण, ६ रजत र ७ कास्यसहित २० पदक जितेर डायमण्ड पब्लिक एकेडेमी तृतीय भएको छ ।

प्याब्सन कञ्चनपुरका अध्यक्ष अमराज भट्टको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सनका केन्द्रीय सल्लाहकार हिरा चन्द प्रमुख आतिथ्यता थिए । समापन कार्यक्रममा विजेता सबैलाई शिल्ड, ट्रफी, पदक र प्रमाण हस्तान्तरण गरिएको छ ।

सम्बन्धित
Loading...