धनगढीका मेयर हमालविरुद्ध अदालतमा दायर रिट खारेज

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) गोपाल हमालविरुद्ध उच्च अदालत दिपायलमा दायर रिट खारेज भएको छ ।

बिहीबार मुख्य न्यायाधीश शान्तिसिंह थापा र न्यायाधीश डालकुमार खड्काको संयुक्त इजलाशले मेयरविरुद्ध विस्नापति थरुनीले दायर गरेको रिट खारेज गरेको हो ।

धनगढी उपमहानगरपालिका–१ पुरानो हवाई मैदानमा रहेको धनगढी नगर विकास समितिको नाममा दर्ता श्रेस्ता भएको जग्गामा अनाधिकृत बसोबास गरिरहेका विस्नापति थरूनी समेतका ९ जनाले धनगढी नगर विकास समितिका अध्यक्ष एवं धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र समितिका सदस्य सचिव एवं धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठविरुद्ध उच्च अदालत दिपायलमा उत्पेषण परमादेशको रिट दायर गरेका थिए ।

बिहीबार फैसला सुनाउँदै अदालतले रिट खारेज हुने ठहर गरेको छ । स्थानीय तहको प्रमुख नै नगर विकास समितिको अध्यक्ष हुने व्यवस्थाअनुसार मेयर हमालविरुद्ध रिट दायर भएको थियो ।

सम्बन्धित
Loading...