धनगढी । कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका–३ गोराङ्गेमा ट्रयाक्टरबाट खसेर १ जनाको मृत्यु भएको छ ।
से१त २३२७ नम्बरको ट्रयाक्टरबाट खसेर जानकी गाउँपालिका–६ जगतपुर बस्ने ६० वर्षीय देवबहादुर शाहको मंगलबार साँझतिर मृत्यु भएको हो ।
ट्रयाक्टरमा ढुंगा लोड गरी जगतपुर जाने क्रममा अचानक खसेर गम्भीर घाइते भई उपचारका लागि लालरत्न अस्पताल लम्की हुँदै थप उपचारका लागि टिकापुर अस्पताल लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको छ ।
ट्रयाक्टर चालक जानकी गाउँपालिका–६ जगतपुर बस्ने ३६ वर्षीय दयाशंकर चौधरीलाई नियन्त्रणमा लिई घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।