जेसीबी दुर्घटना हुँदा १ जनाको मृत्यु

धनगढी । बझाङको जयपृथ्वी नगरपालिका–९ सिमखेतमा जेसीबी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

जयपृथ्वी राजमार्गमा बसपार्कबाट नगरपालिकाको कार्यालयतर्फ जाँदै गरेको सुप प्र २४५३ नम्बरको जेसीबी सडकबाट अन्दाजी २० मिटर तल खसेर सोमबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चालक बित्थडचिर गाउँपालिका–६ बस्ने ३० वर्षीय प्रकाश कठायत रहेका छन् ।

दुर्घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...