ढक्कामा ट्रयाक्टरको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु

धनगढी । कञ्चनपुरको लालझाडी गाउँपालिका–६ चानदेव ढक्कामा ट्रयाक्टरको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु भएको छ ।

सुप प्र ०१००२ त ७०१३ नम्बरको ट्रयाक्टरको ठक्करबाट स्थानीय भुपेन्द्र सिंहकी छोरी ११ वर्षीय अमृता सिंहको घटनास्थलमा नै मृत्यु भएको छ ।

ट्रयाक्टर र ट्रयाक्टर चालक शुक्लाफाँटा नगरपालिका–१२ बस्ने ४० वर्षीय मानबहादुर रानालाई नियन्त्रणमा लिएर दुर्घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...