भन्सार छलीका अवैध चिनी, पानीपुरी लगायत सामान बरामद

धनगढी । प्रहरीले कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलीका अवैध सामान बरामद गरेको छ ।

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–३ भन्सार कार्यालय नजिकबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य ४३ हजार ८५० रुपैयाँ बराबरको चिनी, पानीपुरी, ललीपप, खजाना, चप्पल, सरप, नरिवल चक्लेट, पास्ता, घडी चक्लेट, मासको दाल, लगायतका सामानहरू प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१० डाईमण्ड स्कूल नजिकबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य ९४ हजार १४० रुपैयाँ बराबरको चिनी, मिश्री, तेल, सोडा, नरिवल, हार्डवेयर लगायतका सामान र भीमदत्त–६ ऐठपुरबाट अवैध रूपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी १ लाख ६० हजार ४०० रुपैयाँ बराबरका भाँडाबर्तन, जुत्ताचप्पल, डोर स्प्रिङ हेलमेट, कफन कपडा, बल, किलिप बोर्ड, विवाह कार्ड, फोटो पेपर लगायतका सामानहरू गरी २ लाख ५४ हजार ५४० रुपैयाँ बराबरका सामानहरू प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।

बरामद सामानहरू आवश्यक कारवाहीका लागि प्रहरीले भन्सार कार्यालय गड्डाचौकीमा पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...