प्रेस सेन्टरको साधारण सभामा ७ पत्रकार सम्मानित

धनगढी । प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको साधारण सभामा सुदूरपश्चिमका ७ पत्रकार सम्मानित भएका छन् ।

धनगढीमा आयोजित कार्यक्रममा पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले पत्रकारहरूलाई प्रमाणपत्रसहित सम्मानित गरेका छन् ।

सम्मानित हुनेमा प्रेस सेन्टर नेपालका सचिव उन्नती चौधरी, सुदूरपश्चिम प्रदेश सचिव मोहन विष्ट, सुरेन्द्र ताम्राकार, अछाम जिल्ला अध्यक्ष नरेन्द्र रावल, दार्चुला जिल्ला अध्यक्ष हरिप्रसाद जोशी, बाजुराकी पत्रकार सोधा नेपाली र डोटीका पत्रकार किरण धामी रहेका छन् ।

सम्बन्धित
Loading...