धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाविरुद्ध जग्गा व्यवसायीले दायर गरेको रिटमा सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएन ।
न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलाशमा बुधबार भएको सुनुवाइमा अन्तरिम आदेश जारी नहुने आदेश भएको छ ।
जग्गा प्लटिङ सम्बन्धी कार्यविधि लागू गरिएपछि कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) गोपाल हमाल समेतविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर गरिएको थियो ।
कार्यविधिविरुद्ध कैलालीका जग्गा व्यवसायी उपेन्द्रप्रसाद अवस्थीले सर्वाेच्चमा रिट दायर गरेका थिए ।
सर्वाेच्चले कारण देखाऊ आदेश जारी गरेको छ । अब सर्वाेच्च अदालतमा धनगढीले कार्यविधि जारी गर्नुको कारण पेश गर्नुपर्नेछ ।
उपमहानगरपालिकाको कार्यालयले ‘धनगढी उपमहानगरपालिकाको जग्गा प्लटिङ सम्बन्धी कार्यविधि २०८०’ राजपत्रमा प्रकाशित गरेर १० मिटरको सडक हुनुपर्ने मापदण्ड लागू भएपछि जग्गा व्यवसायीले विरोध गर्दै आएका छन् ।