धनगढी उपमहानगर विरुद्धको मुद्दामा सुनुवाइ सकियो, केहीबेरमा आदेश आउने

धनगढी । जग्गा प्लटिङ सम्बन्धी कार्यविधि लागू गरिएपछि कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) गोपाल हमाल समेतविरुद्ध सर्वाेच्च अदालतमा दायर गरिएको रिटमाथि आज बुधबारको सुनुवाइ सकिएको छ ।

सर्वाेच्च अदालतले रिटमाथिको सुनुवाइ भइसकेको जनाएको छ ।

रिट सुनुवाइका लागि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलाशमा पेशी तोकिएको थियो ।

कार्यविधिविरुद्ध कैलालीका जग्गा व्यवसायी उपेन्द्रप्रसाद अवस्थीले सर्वाेच्चमा रिट दायर गरेका थिए । आज प्रारम्भिक सुनुवाइ भएकाले अल्पकालीन अन्तरिम आदेश हुने कि नहुने साथै कारण देखाऊ आदेश जारी हुन सक्नेछ ।

प्रारम्भिक सुनुवाइको आदेश केहीबेरमा आउने जनाइएको छ ।

सम्बन्धित
Loading...