धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–५ तारानगरमा दुर्घटना हुँदा १ जनाको मुत्यु भएको छ ।
तारानगरमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा स्थानीय श्याम बिनाडीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले २८ वर्षीय बिनाडी सवार सुदूरपश्चिम प्रदेश ०१०११ प ७६७८ नम्बरको मोटरसाइकल रूखमा ठोक्किएर दुर्घटना भएको जनाएको छ ।