धनगढी । जग्गा प्लटिङ सम्बन्धी कार्यविधि लागू गरिएपछि कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) गोपाल हमाल समेतविरुद्ध सर्वाेच्च अदालतमा दायर गरिएको रिटमाथि आज बुधबार सुनुवाइ हुने भएको छ ।
रिट सुनुवाइका लागि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलाशमा पेशी तोकिएको छ ।
न्यायाधीश श्रेष्ठको इजलाशमा आजका लागि तोकिएका रिटमध्ये मेयर हमालविरुद्धको रिट आठौं नम्बरमा रहेको छ ।
कार्यविधिविरुद्ध कैलालीका जग्गा व्यवसायी उपेन्द्रप्रसाद अवस्थीले सर्वाेच्चमा रिट दायर गरेका थिए । आज प्रारम्भिक सुनुवाइ भएकाले अल्पकालीन अन्तरिम आदेश हुने कि नहुने साथै कारण देखाऊ आदेश जारी हुन सक्नेछ ।