धनगढी । भारतको अयोध्यास्थित नवनिर्मित श्रीराम मन्दिर प्राण प्रतिष्ठा समारोहमा सहभागी हुन धनगढी उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) गोपाल हमाललाई निम्तो आएको छ ।
विक्रम संवत् २०८० माघ ८ गते सोमबार (२२ जनवरी २०२४) पौष शुक्ल द्वादशीका दिन हुने समारोहमा श्रीराम जन्मभूमि तीर्थक्षेत्र मन्दिर निर्माण कार्यशाला रामघाट अयोध्याबाट नगर प्रमुखलाई निमन्त्रणा आएको छ ।
श्रीरामललाको गर्भगृहमा हुने प्राण प्रतिष्ठा समारोहमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रिय स्वयंसेवक संघका सरसंघचालक मोहन भागवत, उत्तर प्रदेश सरकारका राज्यपाल आन्नदी बेन पटेल, उत्तर प्रदेश सरकारका मुख्यमन्त्री आदित्यनाथ योगी, श्रीराम जन्मभूमि तीर्थक्षेत्रका अध्यक्ष महन्त नृत्यगोपाल दास, सन्त समाज, सामाजिक आध्यात्मिक व्यक्तित्वको उपस्थिति हुनेछन् ।