लागूऔषधसहित ४ जना पक्राउ

धनगढी । प्रहरीले कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–१३ कैलालीगाँउबाट १३ मिलिग्राम लागूऔषध खैरो हेरोइन धुलो पदार्थसहित स्थानीय २३ वर्षीय सुवास राना समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी कैलालीगाँउबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा लागूपदार्थ फेला पारी पक्राउ गरेको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ फ्लोरिडा स्कूल नजिकबाट ०.०९ ग्राम लागूऔषध खैरो हेरोइन धुलो पदार्थसहित भीमदत्त–६ वनगाउँ बस्ने २८ वर्षीय विनोद भुजेल समेत २ जनालाई मंगलबार साँझतिर प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा लागूपदार्थ फेला पारेर पक्राउ गरेको छ ।

बरामद लागूऔषध सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...