यसरी त मैले मेयरमा बस्नुको औचित्य हुँदैन, फर्किनुपर्छ : गोपाल हमाल (भिडियो)

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) गोपाल हमालले कामै गर्न नसक्ने स्थिति बनेमा मेयर बनिराख्नुको औचित्य नहुने स्पष्ट पारेका छन् ।

मंगलबार बिहान एक भिडियो सन्देश जारी गर्दै मेयर हमालले भने, ‘मैले काम गर्न सक्ने स्थिति भएन भने फर्किनुपर्छ । यसरी भोलि काम गर्न नसक्ने स्थिति हुन्छ ।’

सेवासुविधा लिन मात्रै आफू मेयर पदमा नबस्ने भएकाले काम गर्नका लागि नगरवासीको बलियो समर्थन चाहिएको उनले बताए । ‘मैले कामै गर्न सक्दिनँ भने त्यहाँ बस्नुको औचित्य हुँदैन । तलबको लागि बस्ने हो ? सुविधाको लागि बस्ने हो ? भ्रष्टाचार गर्न बस्ने हो ? नगरवासीले मैले गल्ती गरेको बेलामा गाली गर्नुहोस्, अहिले अप्ठ्यारो परेको बेला समर्थन गरिदिनुस्, बलियो तरिकाले समर्थन गरिदिनुहोस् ।’

राजनीतिक दलबाट निर्वाचित भएका जनप्रतिनिधिले आफूलाई एक्लो ठानेर ठेगान लगाउन खोजेको मेयर हमालको गुनासो छ ।

जग्गा प्लटिङ कार्यविधि राजपत्रमा प्रकाशित भएपछि विवाद उत्पन्न भएको छ । धनगढीका बहुमत कार्यपालिका सदस्यले कार्यविधि खारेज हुनुपर्ने माग गरेका छन् भने मेयर हमालले भोलिको धनगढी राम्रो बनाउन नगरवासीको हितमा कार्यविधि ल्याइएको बताइरहेका छन् ।

सुन्नुहोस् भिडियो –

सम्बन्धित
Loading...