कोरोनाबाट थप १ जनाको मृत्यु, बिहानै अस्पतालले गर्‍यो पुष्टि

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपालमा थप १ जनाको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले आईतबार बिहानै प्रेस विज्ञप्ति जारी गर्दै कोरोनाले ६२ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि गरेको हो ।

कोरोना उपचार केन्द्रमा उपचाररत मधुमेहका रोगी समेत रहेका पुरुषको शनिबार राति ११ः३५ बजे मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताले जनाएको छ ।

पोखरा महानगरपालिका–१९ का कोरोना संक्रमित साउन १९ गते अस्पतालमा भर्ना भएकामा आईसीयूमा उपचाररत अवस्थामा संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७४ पुगेको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भने कोरोनाबाट मृत्यु हुनेको संख्या ३ जना पुगेको जनाइएको छ ।

सम्बन्धित
Loading...