कोरोना महामारी झन् बढ्नेबारे सेनाको पूर्वानुमान, देशभर यस्तो निर्देशन

काठमाडौं । गत चैतदेखि नेपालमा कोरोना भाइरस संक्रमण बढ्दै गएको छ । कोरोना महामारी कहिले अन्त्य होला ? सर्वत्र चासो छ ।

तर नेपाली सेनाले भने अब कोरोना महामारी झन् बढ्ने पूर्वानुमान गरेको छ । सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले आसन्न चाडो मौसममा कोरोना भाइरस संक्रमणको महामारी बढ्ने भएकाले पूर्व तयारी गर्न निर्देशन दिनुभएको छ ।

आज मंगलबार सम्पन्न भएको पृतनापति समन्वयात्मक बैठकमा थापाले भन्नुभयो, ‘सबै पृतनाहरूले सम्बन्धित सरोकारवाला निकायसँग निरन्तर समन्वयमा गरेर आवश्यक पूर्व तयारी गर्नुहोला ।’ उहाँले महामारीको समयमा आफ्नो फौज र तिनका परिवारको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन पनि निर्देशन दिनुभयो ।

संक्रमण भइहाले उचित उपचारको व्यवस्था मिलाउन र हौसला कायम राख्न सबैलाई निर्देशन दिन पनि प्रधानसेनापतिले भन्नुभएको छ । सरकारले लकडाउन खुकुलो पारेपछि दैनिक २–३ हजार कोरोना संक्रमण पुष्टि हुँदै गएका छन् ।

सम्बन्धित
Loading...