क्रिस्चियन धर्मको पर्व ख्रिष्टमस मनाउन ३ दिन सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं । डिसेम्बर २५ मा मनाइँदै आएको क्रिस्चियन धर्मावलम्बीको पर्व ख्रिष्टमसको अवसरमा मकवानपुरको राक्सिराङ गाउँपालिकाले ३ दिन सार्वजनिक बिदा दिने भएको छ ।

ख्रिष्टमसको अवसरमा यस वर्ष पुस ८, ९ र १० अर्थात् डिसेम्बर २४, २५ र २६ तारिखक दिन बिदा दिइएको राक्सिराङ गाउँपालिकाले सूचनामार्फत जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले शुभकामना सन्देशमार्फत सार्वजनिक बिदाबारे जानकारी दिएका छन् ।

‘यस पर्वले बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक जातीय विविधतायुक्त यस गाउँपालिकाको सम्पूर्ण जनतामा आपसी सद्भाव, सामाजिक एकता एवम् भ्रातृत्व कायम गर्ने अपेक्षासहित बन्धुत्व प्रेम र समानताको भावना बढाई शान्त, समुन्नत तथा समृद्ध राक्सिराङ बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछौं,’ शुभकामना सन्देशमा उल्लेख छ ।

 

सम्बन्धित
Loading...