पालिकाभर भोलि र पर्सि सार्वजनिक बिदा दिने निर्णय

धनगढी । दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिकाले भोलि आईतबार र पर्सि सोमबार पालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले शुक्रबार एक सूचना प्रकाशित गर्दै मंसिर १० गते आईतबार र ११ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाएका छन् ।

मालिकार्जुन गाउँपालिका–३ श्री शैल्य मालिकार्जुन धाममा मंसिर ९ गते शनिबारदेखि लाग्ने दिवाकालीन र रात्रिकालीन धार्मिक जात्राको अवसरमा गाउँपालिकाले बिदा दिने निर्णय गरेको सूचनामा उल्लेख छ ।

सूचनामा भनिएको छ, ‘बिदाको समयमा अत्यावश्यक सेवा बाहेकका कार्यालयहरू बन्द रहने हुँदा सेवाग्राहीमा पर्न जाने असुविधाको लागि क्षमाप्रार्थी छौं ।’

सम्बन्धित
Loading...