आजदेखि लगातार ५ दिन यो पालिकामा बिदा

धनगढी । नेपालमा सार्वजनिक बिदा बढी दिन थालिएको तथा प्रदेश र स्थानीय सरकारले मनपरी बिदा दिएको चर्चाबीच कैलालीको गौरीगंगा नगरपालिकामा आजदेखि ५ दिनसम्म लगातार बिदा हुने भएको छ ।

आज बिहीबार सुदूरपश्चिम प्रदेश सरकारले भुवा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । भोलि शुक्रबार पृथ्वी जयन्तीको अवसरमा बिदा छ । पर्सि शनिबार परेकाले बिदा हुने भयो ।

आईतबार कुनै बिदा नपरेको बेला गौरीगंगा नगरपालिकाले थारु समुदायको बड्का टिहुँवार, माघी पर्व र मकर संक्रान्तिको अवसरमा सार्वजनिक बिदा दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले जारी गरेको सूचनाअनुसार पुस २९ गते आईतबार नगरपालिकाभित्रका सबै सरकारी तथा गैरसरकारी संघसंस्थामा सार्वजनिक बिदा दिने निर्णय भएको छ ।

माघ १ गते सोमबार देशव्यापी रूपमै मकर संक्रान्तिको सार्वजनिक बिदा छ । यसरी गौरीगंगा नगरपालिकामा आज बिहीबारदेखि आगामी सोमबारसम्म बिदा परेको छ ।

सम्बन्धित
Loading...