लागूऔषधसहित ५ जना पक्राउ

धनगढी । प्रहरीले कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ ।

कैलालीको भजनी नगरपालिका–३ ठेकी पुल नजिक भित्री सडक खण्डबाट ६ ग्राम ७५ मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित भजनी–१ बस्ने २९ वर्षीय लोकबहादुर कुमाललाई प्रहरीले पक्राउ गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा लागूपदार्थ फेला पारेको हो ।

प्रहरीले उनले प्रयोग गरेको मोटरसाइकलसहित पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

कञ्चनपुरको बेदकोट नगरपालिका–७ वसन्तपुरबाट लागूऔषध चरेस ०.७१ ग्राम र ०.०६ ग्राम लागूऔषध खैरो हेरोइन धुलो पदार्थसहित भीमदत्त नगरपालिका–२ बस्ने २३ वर्षीय हरिश चन्द समेत ४ जनालाई मंगलबार साँझतिर प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी सुडाबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा लागूपदार्थ फेला पारी चारै जनालाई पक्राउ गरेको छ । लागूऔषध सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...