धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले ‘फायर बाइक’ सुविधा सञ्चालनमा ल्याएको छ ।
उपमहानगरका नगर प्र्रमुख (मेयर) गोपाल हमालले मंगलबार एक भिडियोमार्फत ‘फायर बाइक’बारे जानकारी दिएका छन् ।
आगलागीको सूचना आउने बित्तिकै ‘फायर बाइक’ तुरुन्तै घटनास्थलमा पुगेर पाइप बिच्छ्याउने र आगलागी नियन्त्रणको प्राथमिक कार्य गर्ने मेयर हमालले जानकारी दिए । उपमहानगरले २ वटा ‘फायर बाइक’ तयार गरेर सञ्चालनमा ल्याएको छ ।
मेयर हमालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘धनगढी उपमहानगरपालिकाद्वारा आगलागी भएको बेला साँघुरो सडकमा दमकल नछिर्ने स्थानका लागि र आगलागी भएको स्थानमा छिटो पुगी आगलागी निभाउने कार्य गर्न फायर बाइकको सेवा प्रारम्भ भएको छ । हाल धनगढी उपमहानगरपालिकामा २ वटा फायर बाइक रहेको सम्पूर्ण नगरवासीमा जानकारी गर्दछौं ।’
हेर्नुहोस् भिडियो –