भन्सार छलीको चिनीसहित सामान बरामद

धनगढी । कैलाली जिल्लाका विभिन्न स्थानबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ ।

धनगढी उपमहानगरपालिका २ ट्राफिक चोक र बालुवाघाटबाट अवैध रूपमा भारतबाट भन्सार छली गरेर ल्याएका अन्दाजी मूल्य २५ हजार ३५० रुपैयाँ बराबरको चिनी, प्याज, सुर्ती, प्लाष्टिक, चकलेट, बिडी लगायतका सामान बरामद गरिएको छ ।

भजनी नगरपालिका–३ काँडा र ढुसीबाट अन्दाजी मूल्य ४३ हजार ८२० रुपैयाँ बराबरको चिनी, स्वीट सुपारी लगायतका सामान गरी अन्दाजी मूल्य ६९ हजार १७० रुपैयाँ बराबरका सामान सोमबार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।

सम्बन्धित
Loading...