धनगढी । कैलालीको कैलारी गाउँपालिका–७ बर्का वसन्तास्थित हुलाकी सडक खण्डमा २ मोटरसाइकल एकआपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ ।
बा८१प ४२९८ नम्बरको मोटरसाइकल र से५प ४७७४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर सोमबार साँझतिर दुर्घटना हुँदा बा८१प ४२९८ नम्बरको मोटरसाइकल चालक २८ वर्षीय शिशिर चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारकै क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका से५प ४७७४ नम्बरको मोटरसाइकल चालक भजनी नगरपालिका–५ बस्ने २६ वर्षीय वीरबहादुर चौधरी र मोटरसाईकलमा सवार २८ वर्षीय राजेश डगौराको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ ।
दुवै मोटरसाइकल नियन्त्रणमा लिएर घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।