काठमाडौं । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।
बाराको महागढीमाई नगरपालिका–९ थलही पुलमा बा८४प ५६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक पर्चौता नगरपालिका–६ बस्ने २२ वर्षीय राम निवास यादवको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्यूरो परवानीपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
झापाको मेचीनगर नगरपालिका–१० धुलाबारीस्थित सडकमा प्र १–०१–००२ ह ७६५ नम्बरको सिटी सफारी अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा चालक सोही नगरपालिका–९ बस्ने ५० वर्षीय बद्रीबहादुर बस्नेतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएनसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका–१५ सानोभर्याङमा बागमती प्रदेश ०२–०१७ प ६६५० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ठेगाना नखुलेका करीब ३५ वर्षीय विकास तामाङको सोमबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार अन्य १ जनाको मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रूपन्देहीको बुटवल उपमहानगरपालिका–५ स्थित सडकमा लु१९प ७४०० नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका–९ पुरानो बसपार्कस्थित बाक्सा फ्याक्ट्रीमा काम गर्ने नवलपरासी बर्दघाट नगरपालिका–४ घर भएका २४ वर्षीय पप्पु चमारको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । १ जना घाइतेको उपचार भइरहेको छ । मोटरसाइकल धनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।