धनगढी । प्रहरीले कैलाली जिल्लाका विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरेको छ ।
टीकापुर नगरपालिका–९ खक्रौला सडकखण्डमा अवैध रूपमा भारतबाट भन्सार छली गरेर ल्याएका अन्दाजी मूल्य ५३ हजार २०० रुपैयाँ बराबरका साइकल, प्याज, मोजा लगायतका सामान बरामद गरिएका छन् ।
कैलारी गाउँपालिका–४ के गाउँबाट अन्दाजी मूल्य ३५ हजार ८०० रुपैयाँ बराबरका ब्रोइलर कुखुरा र साइकल गरी जम्मा अन्दाजी मूल्य ८९ हजार बराबरका सामानहरू आईतबार बिहान प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।