बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार महिलाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा महिलाको मृत्यु भएको छ ।

म१ख ९३५ नम्बरको बसले सुप प्र ०१–००९ प १२०७ नम्बरको मोटरसाइकललाई आईतबार ठक्कर दिँदा मोटरसाइकलमा सवार शुक्लाफाँटा–२ बन्साह बस्ने ३९ वर्षीय भागरथी अवस्थीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक शिवराज अवस्थी (मृतकका श्रीमान) र छोरा १३ वर्षीय बालकृष्ण अवस्थी उपचारपश्चात डिस्चार्ज भएका छन् ।

बस र बस चालक बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौं बस्ने ३२ वर्षीय नरेन्द्रसिंह भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित
Loading...