खेत जोत्न जाने क्रममा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । खेत जोत्न जाने क्रममा ट्रयाक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा सप्तरीको सुरुङ्गा नगरपालिका–७ पोखरियामा १ जनाको मृत्यु भएको छ ।

स१त ७४७३ नम्बको ट्रयाक्टर सडकमा अनियन्त्रित भएर दुर्घटना हुँदा चालक ४० वर्षीय रामनारायण साहको मृत्यु भएको हो ।

खेत जोत्न जाने क्रममा अचानक दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...