नवलपरासी पश्चिम । जिल्लाको रामग्राम नगरपालिका–५ बुद्ध चोकबाट ७ लाख नगदसहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
स्रोत नखुलेको नगद ७ लाख ९०० रुपैयाँसहित पाल्हिनन्दन गाउँपालिका–२ हरपुर बस्ने १९ वर्षीय मोहम्मद समिर धुनियालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले लु५९प ३२३९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक धुनियालाई नगदसहित फेला पारेर पक्राउ गरेको छ ।
बरामद नगद सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।