झलारी । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले हिउँदे सत्रको १५औं नगरसभा पुस १३ गते गर्ने भएको छ ।
मंसिर २४ र २५ गते बसेको नगर कार्यपालिकाको १५१औं बैठकले नगरसभा हुने मिति तय गरेको हो ।
नगरसभाले वडा नम्बर ८ गौडी खोला, घरकटुवा खोला, अनौखी खोलामा नदीजन्य पदार्थको उत्खननका लागि १ करोड ७० लाख ३२ हजार २८५.६० रुपैयाँमा ठेक्का आह्वान गर्ने निर्णय गरेको छ ।
नगर प्रवक्ता लालबहादुर ऐरले कार्यपालिकाका निर्णयहरू सार्वजनिक गर्दै पिपलाडीको आधारभूत अस्पतालमा मेडिकल अधिकृत करारमा नियुक्त गर्ने, नगरपालिकामा रिक्त रहेका सबै पदहरूमा पदपूर्तिका लागि सम्बन्धित निकायमा लेखी पठाउने निर्णय गरेको जनाएका छन् ।
१४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालनका लागि ५ लाख रुपैयाँ विनियोजन गर्ने निर्णय पनि कार्यपालिकाले गरेको छ । कार्यपालिकाले फोहोरमैला व्यवस्थापन बोर्डमा कार्यपालिका सदस्य भूमा चन्द, वडाध्यक्ष शेरबहादुर साउँद र खानेपानी समितिहरूबाट ईश्वरा कुँवरलाई बोर्ड सदस्य मनोनयन गरेको छ ।
यस्ता छन् निर्णयहरू –