भन्सार छली गरेको भन्दै चिनी लगायत २१ हजारको सामान बरामद

धनगढी । कैलाली जिल्लाका विभिन्न स्थानबाट भन्सार छलीको सामान भन्दै प्रहरीले २१ हजार ९५० रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।

धनगढी उपमहानगरपालिका–३ र उपमहानगर–१० बनकट्टीघाट तथा कैलारी गाउँपालिका–३ निमुवाबोझीबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका सामान बरामद गरिएको छ ।

प्रहरीले चिनी, चामल, प्लाष्टिक, माछा,ब्रोइलर कुखुरा लगायतका सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।

सम्बन्धित
Loading...