अवैध लागूऔषधसहित २ जना पक्राउ

धनगढी । प्रहरीले अवैध लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।

कैलालीको टीकापुर नगरपालिका–९ खग्रौलाबाट १ ग्राम ६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित स्थानीय २० वर्षीय रमेश साउँद र टीकापुर–१ बस्ने २७ वर्षीय पदमराज भण्डारीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

दुवै जनाले लागूऔषध सेवन गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा लागूपदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरिएको छ ।

लागूऔषध सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...