मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किँदा १ जनाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ गोबरैयामा मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ ।

महेन्द्रनगर–मझगाउँ सडकखण्डमा म२प ३१६९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएर बिहीबार राति दुर्घटना हुँदा चालक भीमदत्त नगरपालिका–१६ मझगाउँ बस्ने २३ वर्षीय दिपेन्द्र भण्डारीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा पुर्‍याउँदा डाक्टरले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेका छन् ।

दुर्घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...