युवतीसँग अश्लील भिडियो कलमा रमाउने पुरुषबाट साढे १७ लाख ठगी !

काठमाडौं । पछिल्लो समय तीव्र रूपमा विकसित भइरहेको सूचना प्रविधिको प्रयोग गर्न नजान्दा एकपछि अर्काे आर्थिक अपराधका घटना सार्वजनिक हुँदै आएका छन् । भारतको उत्तर प्रदेशस्थित कौशाम्बी जिल्लामा यस्तै ठगीको घटना सार्वजनिक भएको छ ।

युवतीले अश्लील भिडियो कल गरी ‘हनिट्रयाप’मा पारेर ठगी गरेको पाइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार युवतीसँग अश्लील भिडियो कलमा रमाउने पुरुषले ती युवतीलाई साढे १७ लाख रुपैयाँ पठाएका छन् ।

यति रकम पठाइसक्दा समेत नभएर फेरि पैसा मागेपछि हैरान भएका ती युवकले प्रहरीमा जाहेरी दिएका छन् । प्रहरीले आईटी ऐन अन्तर्गत जाहेरी दर्ता गरेको छ ।

गत ८ डिसेम्बरका दिन ती युवकको ह्वाट्सएपमा अपरिचित नम्बरबाट म्यासेज आयो । म्यासेजमा युवतीले साथी बन्न प्रस्ताव गरेकी थिइन् । साथी बन्ने युवतीको प्रस्तावलाई ती युवकले स्वीकार गरे र दुवै कुराकानी गर्न थाले ।

फेरि दुवै भिडियो कलमा जोडिए । कलमा युवतीले अश्लील हर्कत गर्दै गोप्य अंग देखाउन थालिन् । यसरी युवक जालमा फसे । युवतीले आफ्ना कपडा फुकालिन् । अनि त्यो भिडियो युवतीले रेकर्ड गरेर राखिन् ।

रेकर्ड गरेको अश्लील भिडियो सार्वजनिक गरिदिने धम्की दिँदै युवतीले पैसा माग्न थालिन् । ती युवकले साढे १७ लाख रुपैयाँसम्म त पठाए, त्यसपछि पनि अझै पैसा माग्दा हैरान भएर उनी प्रहरीमा पुगेका हुन् ।

प्रहरीले तत्कालै अनुसन्धान अगाडि बढाएर युवतीलाई पक्राउ गरिसकेको एसपी विक्रमसिंह राठौरले जानकारी दिए ।

सम्बन्धित
Loading...