भोजपुर । छोराले कुटपिट गर्दा घाइते भएकी भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावा बस्ने ४६ वर्षीया पवित्रादेवी राईको मृत्यु भएको छ ।
घरायसी विवादका कारण उनकै छोरा २० वर्षीय सन्देश राईले मंसिर ९ गते कुटपिट गरेका थिए ।
कुटपिटबाट घाइते भएकी पवित्राको उपचारको लागि जिल्ला अस्पताल भोजपुर लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अभियुक्त सन्देशलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।