काठमाडौं । बारा जिल्लाको कलैया उपमहानगरपालिका–१६ मझौलियाकी २० वर्षीया मिन्कुदेवी रामले ३ सन्तानलाई जन्म दिएकी छन् ।
वीरगञ्जको बिर्तास्थित श्रीराम अस्पतालमा उनले शल्यक्रियामार्फत गत आईतबार २ छोरा र १ छोरी जन्माएकी छन् ।
अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ दिप्ती यादवले तीनै तिम्ल्याहा नवजात शिशु तथा आमाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिइन् ।
उनले भनिन्, ‘शल्यक्रियामार्फत तिम्ल्याहा शिशु जन्मिएका हुन् । शिशुसहित आमाको स्वास्थ्य स्थित सामान्य रहेको छ ।’
मिन्कुदेवीका पति संखुरामले स्थानीय स्वास्थ्य चौकीले सिफारिस गरेपछि सुत्केरी हुनका लागि मिन्कुलाई वीरगञ्ज लगिएको जानकारी दिए ।