काठमाडौं । सरकारले लकडाउन अन्त्य गरेपछि केही दिनयता कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ ।
विगतमा राजधानी काठमाडौं उपत्यकामा धेरै संक्रमित नदेखिए पनि शुक्रबार एकैदिन १०२ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं जिल्लामा मात्र ९२ जनामा संक्रमण पुष्टि भएको बताउनुभयो । ललितपुरमा १० र भक्तपुरमा ४ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।
देशभर शुक्रबार थप ४६४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ९२६ जनाको पीसीआर परीक्षण गर्दा ४६४ जनामा संक्रमण देखिएको प्रवक्ता गौतमले बताउनुभयो ।
नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको जनाइएको छ ।