अवैध लागूऔषधसहित २ जना पक्राउ

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकास्थित त्रिनगरबाट प्रहरीले अवैध लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।

धनगढी उपमहानगर–२ त्रिनगर पोष्ट अगाडिबाट १३० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा डोटीको केआईसिंह गाउँपालिका–१ बस्ने २० वर्षीय निश्चल शाही र केआईसिंह गाउँपालिका–२ बस्ने २१ वर्षीय मनोज रावल रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा लागूपदार्थ फेला परेको थियो ।

लागूपदार्थ सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...