नैनीताल खडकखण्डमा ट्रक र कार ठोक्किँदा आगो लागेर ८ जनाको मृत्यु

धनगढी । भारतको उत्तर प्रदेशस्थित बरेली जिल्लामा सडक दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

नैनीताल सडकखण्डमा कार र ट्रक ठोक्किँदा दुवै गाडीमा आगो लागेर कारमा सवार ८ जना जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटना बरेली जिल्लाको भोजीपुरा थाना क्षेत्रको नैनीताल राजमार्गमा भएको छ । कारको टायर फुटेपछि ट्रकसँग ठोक्किएको थियो ।

बरेलीका एसएसपी घुले सुशील चन्द्रभानले कार राजमार्गमा गुडिरहेको ट्रकसँग ठोक्किएको र त्यसपछि टाँसिएर आगो लागेको जानकारी दिए ।

गाडीभित्रबाट ‘सेन्ट्रल लक’ भएका कारण यात्रुहरू बाहिर निस्किन मौका नपाउँदा आगोले जलेका बताइएको छ । मृत्यु हुनेमा ७ जना वृद्ध र १ बालक छन् ।

सम्बन्धित
Loading...