घरमा श्रीमान् र बालबच्चा हुँदाहुँदै अर्कैसँग होटलभित्र छिरेकी महिला प्रेमीसँगै मृत फेला

काठमाडौं । घरमा श्रीमान् र बालबच्चा हुँदाहुँदै अर्कै होटलभित्र छिरेकी महिला प्रेमीसँगै मृत फेला परेको घटना भारतको राजधानी नयाँदिल्लीबाट सार्वजनिक भएको छ ।

दिल्लीको जाफराबाद थाना क्षेत्रमा ओयो किङ स्टे होटलभित्र प्रेमी–प्रेमिका मृत फेला परेका छन् । दिउँसो १ बजेदेखि ४ घण्टाका लागि मात्रै होटलको कोठा लिइएकोमा साँझ ८ बजेसम्म पनि ‘चेक आउट’ नगरेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी आएर कोठा खोलेर हेर्दा महिला र पुरुष दुवै मृत फेला परेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कोठाभित्र फेला परेका मृतकहरू उत्तर प्रदेशको मेरठ निवासी २८ वर्षीय सोराब र विवाहित महिला २७ वर्षीय आयशा रहेका छन् । आयशाको घरमा २ बच्चा र व्यवसायी श्रीमान् रहेका बताइएको छ ।

शव फेला परेपछि प्रहरीले दुवै मृतकका परिवारलाई घटनाबारे जानकारी दिएको छ । कोठाभित्र फेला परेको सुसाइट नोटमा आफू दुवै जनाले एकअर्कालाई धेरै माया गर्ने गरेको उल्लेख गरिएको छ ।

प्रेमिका आयशाको शव ओछ्यानमा र प्रेमी सोराबको शब पंखामा झुण्डिएको अवस्थामा फेला परेको छ । प्रेमीले घाँटी च्यापेर प्रेमिकालाई मारेपछि आफू पंखामा झुण्डिएर आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । दुवैको शव प्रहरीले बरामद गरेर जीटीबी अस्पतालमा राखेको छ ।

सम्बन्धित
Loading...