काठमाडौं । सर्वसाधारण नागरिकले दोस्रो विवाह गर्नु दण्डनीय अपराध मानिन्छ । तर भारतको असम सरकारले सरकारी कर्मचारीले दोस्रो विवाह गर्नुपरेमा सरकारबाट अनुमति लिनुपर्ने प्रावधान लागू गरेको छ ।
पति वा पत्नी जीवित छँदै दोस्रो विवाह गर्नुपर्ने भएमा सरकारबाट अनुमति लिनुपर्ने प्रावधानलाई अनिवार्य गरिएको छ । सामान्यतया दोस्रो विवाहलाई सरकारले रोकेको छ ।
कार्मिक विभागको पत्रमा सरकारी कर्मचारीले दोस्रो विवाह गर्नुपरेमा सरकारबाट अनुमति लिन भनिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पत्रमा भनिएको छ, ‘कोही पनि सरकारी कर्मचारी, जसको पत्नी जीवित छिन्, सरकारी अनुमति विना दोस्रो विवाह गर्ने छैनन्, भलै पर्सनल लमा दोस्रो विवाह गर्ने अनुमति होस् । यसैगरी कोही पनि महिला कर्मचारी, जसका पति जीवित छन्, सरकारको अनुमति विना दोस्रो विवाह गर्ने छैनन् ।’
दोस्रो विवाह सम्बन्धी नियम उल्लंघन गरेमा सरकारी सेवाबाट अनिवार्य अवकाशसहित जरिवाना हुने जनाइएको छ ।