धनगढी । कञ्चनपुरको पुुनर्वास नगरपालिकाअन्तर्गत हुलाकी सडकमा रोकेर राखेको ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु भएको छ ।
पुनर्वास नगरपालिका–१ पुरैनादेखि उदरी गाउँ जाँदै गरेका मोटरसाइकलले माइली बजारमा रोकेको ट्रयाक्टरलाई ठक्कर दिँदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिए ।
दुर्घटनामा परी गम्भीर घाइते भएकाहरूलाई तत्काल एम्बुलेन्समा राखेर उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा पठाइएकोमा चालक अभिषेक रानाको उपचारको क्रममा मृत्यु भएको छ ।
म२प ४६२५ नम्बरको मोटरसाइकलले से१त ४१५९ नम्बरको ट्रयाक्टरलाई ठक्कर दिँदा पुनर्वास नगरपालिका–५ उदरी बस्ने २१ वर्षीय अभिषेक राना, १९ वर्षीय रञ्जिता राना र १८ वर्षीय अनुप राना घाइते भएका थिए । अभिषेकको उपचारका क्रममा निधन भएको छ ।