काठमाडौं ‘सटडाउन’ गर्ने प्रचार बेकारको हल्ला ! यस्तो छ प्रशासनको सूचना (सूचनासहित)

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथामका सम्बन्धमा राजधानी काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बीच भएको बैठकपछि सटडाउन हुने चर्चा चलेको छ ।

विभिन्न सञ्चारमाध्यमले काठमाडौं सटडाउन हुने उल्लेख गरेका छन् । तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले भर्खरै जारी गरेको सूचनामा सटडाउनबारे केही उल्लेख छैन ।

सूचनामा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्रवाह हुने सेवाहरू कटौती गरिएकोबारे मात्रै उल्लेख छ । कार्यालयमा भीडभाड हुन थालेपछि कोरोनाको जोखिम बढेको र त्यसलाई न्युनीकरण गर्न अत्यावश्यकबाहेकका सेवा प्रवाह रोकिएको सूचनामा उल्लेख छ ।

प्रशासनले शान्ति सुरक्षा, मुद्दा, पास र विपद् सम्बन्धी सेवा दिने तथा नागरिकता, राहदानी, संस्था दर्ता लगायत सेवा स्थगित गर्ने निर्णय गरेको छ ।

गृह मन्त्रालय स्रोतका अनुसार सटडाउन गर्ने हल्ला बेकारमा फैलाइएको छ । त्यसबारे कुनै निर्णय भएको छैन ।

यस्तो छ प्रशासनको सूचना –

सम्बन्धित
Loading...