काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।
मंगलबार राति गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा भर्ना भएका उनलाई ५ दिनसम्म अस्पतालमै राखिने भएको छ ।
सघन उपचार कक्ष (आईसीयू) मा राखेर श्रेष्ठको उपचार भइरहेको छ । स्वास्थ्य अवस्था सामान्य एवं स्थिर रहेको सचिवालयले जनाएको छ ।
अस्पताल भर्ना भएको श्रेष्ठको डा. अरुण मास्के सहितको चिकित्सकीय टोलीले राति ‘एन्जियोप्लास्टी सर्जरी’ गरेको छ ।
बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्पताल पुगेर मन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।