चीनमा अकस्मात हृदयघात भएका उपप्रधानमन्त्री श्रेष्ठ डिस्चार्ज

काठमाडौं । चीन भ्रमणका बेला हृदयाघात भएपछि उपचाररत उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज सोमबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।

श्रेष्ठ बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिलटमा ५ दिनको उपचारपश्चात डिस्चार्ज भएका छन् ।

तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन (बीएफआर) मा सहभागी हुन बेइजिङ पुगेका बेला उपप्रधानमन्त्री श्रेष्ठलाई कात्तिक १ गते हृदयाघात भएको थियो ।

अस्पतालबाट डिस्चार्ज हुने क्रममा उपप्रधानमन्त्री श्रेष्ठले आफ्नो उपचारमा संलग्न चिकित्सक, अस्पताल परिवार र बेइजिङस्थित नेपाली दूतावासप्रति आभार प्रकट गरेका छन् । उनले आफ्नो स्वास्थ्य अवस्थाप्रति चासो, चिन्ता र शुभेच्छा राख्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठ कात्तिक ८ गते बिहान स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ ।

सम्बन्धित
Loading...