काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयललाई बालुवाटारमै बोलाएर भेटघाट गरेको विषयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
सामाजिक सञ्जाल फेसबूकमा व्यक्तिगत धारणा राख्दै प्रवक्ता श्रेष्ठले ओलीले गोयललाई भेट्नु कूटनीतिक मूल्य र आचारसंहिता विपरीत भएको जनाउनुभएको छ ।
‘विदेशी सरकार प्रमुखले औपचारिक रूपमा विशेष दूतका रूपमा अख्तियार प्रदान गरी पठाएको हो भने पनि सन्देश सुन्ने र प्रत्युत्तर सन्देश पठाउने गरी कुरा हुन सक्दथ्यो । तर त्यस्तो पनि देखिएन । त्यसैले गम्भीर प्रश्न उठ्छ – विदेशी गुप्तचर अधिकारीसँग प्रमको भेट, कूटनीतिक मूल्य र आचारसंहिता विपरीतको यस्तो भेट किन ?’ श्रेष्ठले लेख्नुभएको छ, ‘यसप्रकारको कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कूटनीतिक ओझ गिर्ने मात्र होइन, अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्दछ ।’
यसअघि स्थायी कमिटी सदस्य भीम रावलले समेत प्रधानमन्त्री ओलीले रअ प्रमुखलाई भेट्नु उचित नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको थियो । रअ प्रकरणले नेकपामा असन्तुष्टि फैलिँदै गएको छ ।
यस्तो छ प्रवक्ता श्रेष्ठको विचार –
केही दिन गोरखा र चितवनको भ्रमण गरी काठमाडौं फर्किएको छु । यसबिचमा भारतको गुप्तचर सँस्था ‘र ‘प्रमुख सामन्त गोएल बिमान नै…
Posted by Narayan Kaji Shrestha on Saturday, October 24, 2020