काठमाडौं । सर्वोच्च अदालतले सरकारलाई टिकटकमाथि प्रतिबन्ध लगाउनुको कारण सोधेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासले आज मंगलबार सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
अदालतले निवेदकको माग बमोजिम अल्पकालीन अन्तरिम आदेश दिएन ।
गत कात्तिक १७ गतेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको निर्णयविरुद्ध १४ जना कानून व्यवसायी सर्वोच्च अदालत पुगेपछि सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी भएको छ ।