त्रिविले नयाँ भर्नाका लागि मंसिर २९ गते प्रवेश परीक्षा लिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकायले स्नातकोत्तर भर्नाका लागि मंसिर २९ गते प्रवेश परीक्षा लिने भएको छ ।

शैक्षिक सत्र २०८०/०८१ का लागि स्नातकोत्तर तहमा भर्नाका लागि प्रवेश परीक्षा आवेदन खुला गरेको शिक्षाशास्त्र संकाय डीनको कार्यालयले प्रवेश परीक्षाको मिति तय गरेको छ ।

मंसिर २९ गते दिउँसो १ बजे प्रवेश परीक्षा सञ्चालन हुने र पुस ४ गते नतिजा सार्वजनिक हुने जनाइएको छ । पुस ५ गतेदेखि १० गतेसम्म भर्ना हुने र पुस ११ गतेदेखि कक्षा सञ्चालन हुनेछ ।

शिक्षाशास्त्र संकायले सेमेष्टर प्रणालीमा आधारित एमएड र एमएसएसईडी (मास्टर अफ सोसियल स्टडीज एजुकेसन) शैक्षिक कार्यक्रमका लागि प्रवेश परीक्षाको आवेदन मंसिर २५ गतेसम्मका लागि खुला गरेको छ ।

सम्बन्धित
Loading...