त्रिभुवन विश्वविद्यालयलाई सुधार्न के गर्नुपर्ला ? सोचपत्रसहित उपकूलपतिको दरखास्त खुल्यो

काठमाडौं । नेपालकै जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयमा सुधारका लागि सोचपत्रसहित उपकूलपति नियुक्तिका लागि दरखास्त दिन आह्वान गरिएको छ ।

त्रिविको उपकूलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज शुक्रबार सूचना जारी गर्दै उपकूलपतिका लागि दरखास्त आह्वान गरेको छ ।

त्रिविका कूलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रिक्त उपकूलपति नियुक्ति गर्ने प्रयोजनका लागि छनोट तथा सिफारिस समिति गठन गरेका थिए ।

सिफारिस समितिले शुक्रबार जारी गरेको सूचनामा १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबारमा कार्यालय समयभित्र दरखास्त पेश गर्न भनिएको छ ।

योग्यता पुगेका इच्छुक उम्मेदवारले दरखास्तका साथ नागरिकता, वैयक्तिक विवरण, स्नातकोत्तर र विद्यावारिधि तहको शैक्षिक योग्यताको प्रमाणपत्र र विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै १ पदमा कम्तीमा ३ वर्ष काम गरेको व्यहोरा खुलेको विवरण पनि पेश गर्नुपर्ने समितिले जनाएको छ ।

दरखास्त साथ सोचपत्र (भिजन पेपर) र ४ वर्षे व्यावसायिक कार्ययोजना पनि पेश गर्नुपर्नेछ ।

सम्बन्धित
Loading...