काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह प्रथम सेमिष्टरका लागि भर्ना खोलेको छ ।
त्रिवि शिक्षाध्यक्षको कार्यालयले स्नातकोत्तर तह प्रथम सेमिष्टरका लागि भर्ना आह्वान गरेको छ ।
भर्ना आवेदन मंसिर १ गतेदेखि मंसिर २५ गतेसम्म बुझाउन सकिनेछ । पुस ११ गतेदेखि कक्षा सञ्चालन गरिने शिक्षाध्यक्षको कार्यालयले जनाएको छ ।
प्रवेश परीक्षा तथा भर्ना सम्बन्धी अन्य विवरण पछि सार्वजनिक गरिने जनाइएको छ ।
विद्यार्थीले पढ्न चाहेको संकायका लागि छुट्टाछुट्टै आवेदन फाराम बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।
आवेदन दिदा फारामसँगै हालसालै खिचेको फोटो र ट्रान्सक्रिप्ट तथा चारित्रिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपि समेत बुझाउनुपर्ने जनाइएको छ ।